मधेस प्रदेशमा श्रृङ्खलाबद्ध हत्या, चार महिनामा दुइ नाबालकसहित २६ जना मारिए

वीरगन्ज । मधेसमा श्रृङ्खलाबद्ध हत्याका घटनाहरु भइरहेका छन् । पछिल्ला चार महिनामा हरेक जिल्लामा हत्याका घटनाहरु छ्यापछ्याप्ती भइरहेका छन् ।

काही मारेर फ्यालिएको अवस्थामा शव भेटिरहेका छन् भने काही हत्या गरिए लगत्तै प्रहरीले जानकारी पाइरहेको छ । त्यसका केही उदारहणहरु यस्ता छन ।

करिब एक साता अगाडिको घटना हो । अर्थात् कात्तिक १२ गते, सोमबार । यो दिन महोत्तरीमा एकजना महिलाको शव फेला ।

२५ वर्षीया महिलाको घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव भेटियो । जिल्लाको पिपरा गाउँपालिका– ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको आँपको बगैचा नजिकैको डिलमा उनको शव भेटिएको थियो ।

बेवारिसे अवस्थामा फेला परेको महिलाको नाम र ठेगाना खुल्न सकेको थिएन, जसकारण सुरुका केहीदिन प्रहरीलाई पहचिान खुलाउन हम्मेहम्मे परेको थियो ।

तर प्रहरीको सूक्ष्म अनुसन्धानले महिलाको पहिचान मात्रै खुलाएन, घटनाको निक्र्यौल नै निकाल्यो । जहाँबाट पत्ता लाग्यो– मृतक महिला धनुषाको शहिद नगरपालिकास्थित यदुकाहाको निमुवा टोलकी अन्दाजी २६ वर्षीया मालती मण्डल हुन ।

यही अनुसनधानमा विवाहेत्तर सम्बन्धका कारण मालतीको हत्या गरिएको प्रहरी निष्कर्ष निस्कयो । अनि यही निक्र्यौलले प्रहरी अनुसन्धानमा सफलता पनि मिल्यो, जहाँ सबुतप्रमाणसहित प्रहरीलाई घटनामा संलग्न दुइजनालाइ पक्राउसमेत ग¥यो ।

महोत्तरी प्रहरी प्रवक्ता सन्तुलाल जैसवारका अनुसार मालतीको हत्या आरोपमा मटिहानी नगरपालिका– ५ का राकेश नायक र उनकी श्रीमती रीना नायकलाइ पक्राउ गरिएको छ ।

यो घटनाको दुइ दिन पहिला बारामा पनि एकजना वृद्धको हत्या भयो । खुकुरी प्रहार गरी करिब ५० वर्षीय एक वृद्धको हत्याको हत्या गरियो ।

त्यो दिन थियो– कात्तिक १० गते । बाराको महागढीमाई नगरपालिकामा नगरपालिकाको वडा नम्बर १ नैकाटोल बस्ने श्रीनारायण यादवको धारिलो हतियार प्रहारबाट हत्या भयो । जिल्ला प्रहरीको ‘स्पेसल’ टोलीले गरेको सूक्ष्म अनुसन्धानबाट जग्गाधनीले जोतखन गर्न दिएको खेत फिर्ता लिएपछि उनको हत्या भएको तथ्य उजागर ग¥यो ।

यादवको हत्या भएको ६ दिन पछाडी प्रहरीले आरोपित सोथाइ चौधरीलाई पक्राउ गरी सार्वजनिक समेत गरिसकेको छ । यस्तै असोज २७ गते सिरहामा आफ्नो ‘गर्लफ्रेन्ड’ संग साथीहरुले राखेको यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा प्रेमीको हत्या भयो ।

सुखीपल नगरपालिकामा कृष्ण महराको ‘गर्लफ्रेन्ड’ संग साथीहरुले आफूहरु पनि यौन सम्पर्क गर्ने प्रस्ताव राखेका थिए । तर उनले त्यो प्रस्ताव अस्वीकार गरिदिएपछि त्यही निहुँमा उनको हत्या गरिएको सिरहा प्रहरीले जनाएको छ । विभिन्न सबुतप्रमाणसहित पाँचै जनालाई पक्राउ गर्न प्रहरी सफल भइसकेको छ ।

यी, त पछिल्ला केही उदाहरण हुन । मधेश प्रदेशमा चालू आर्थिक वर्षको चार महिनामा मात्रै दुइ दर्जन भन्दा बढीको हत्या भएको प्रहरी तथ्यांक छ ।

मधेश प्रहरीका अनुसार वितेको ४ महिनामा मात्र २६ जनाको हत्या भएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक ११ गतेसम्मको अवधिमा २६ जनाको हत्या भएको प्रहरी विवरण छ ।

कुन जिल्लाबाट कति ?

प्रदेशका ८ वटै जिल्लाबाट दुइ नाबालकसहित २६ जनाको हत्या भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

यो हत्या लगभग प्रदेशका ८ वटै जिल्लामा घटेको प्रहरी तथ्यांकले देखाइरहेको छ । सबैभन्दा बढी सर्लाही जिल्लामा हत्याका घटना भएका प्रहरी तथ्यांक छ । यो जिल्लामा कुल घटनामध्ये ६ जनाको हत्या यही भएको प्रहरी रेकर्डमा उल्लेख छ ।

त्यसपछि सिरहा, रौतहटमा क्रमशः ४/४ जनाको हत्या गरिएको विवरण छ । यसैगरी सप्तरीमा एक जना बालकसहित २ जनाको हत्या भएको प्रहरी विश्लेषण छ । यही अवधिमा बाराबाट समेत एक बालिकासहित ४ जनाको हत्याका घटना भएका प्रहरी आँकडा छ ।

त्यसपछि महोत्तरी ३, धनुषामा २ जना र पर्सामा १ जना हत्या भएको प्रहरी अभिलेख छ । यी ८ वटै ज्लिामा कूल २६ जनाको हत्या भएको प्रहरी अभिलेखमा उल्लेख छ ।

पुरुषको बढी हत्या

गएको चार महिनाको अवधिमा मृत्यु भएकाहरुमध्ये अधिकांस पुरुष रहेको प्रहरी तथ्यांकमा देखिएको छ । कुल हत्याको करिब दुइ तिहाइ पुरुषको हत्या भएको छ ।

अर्थात् प्रदेशभरमा चार महिनामा १६ जना पुरुषको हत्या भएको रेकर्ड छ । त्यसपछि दोस्रो नम्बरमा महिलाको हत्या भएको तथ्यांक छ ।

चार महिनमा ७ जना महिलाको हत्या गरिएको प्रहरी विवरण छ । साथै २ जना नाबालकको समेत हत्या गरिएको प्रहरी विवरण छ ।

कति मुद्दा दर्ता ?

प्रदेशका ८ वटै जिल्लामा हत्याका २७ वटा मुद्दा दर्ता भएका छन् । ८ वटै जिल्लामा हत्या सम्बन्धि २७ वटा मुद्दा दर्ता भएका मधेश प्रदेश प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार सोही समयमा प्रहरीले हत्या आरोपित ३४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमध्ये २३ जना पुरुष र ११ जना महिलाको संख्या छ ।

कर्तव्य ज्यान मुद्दाका विभिन्न ३४ जना आरोपितलाई पक्राउ गर्न प्रहरी टोली सफल भएको प्रदेश प्रहरी प्रमुख लालमणी आचार्य बताउँछन् ।

उनका अनुसार मुख्यतः तीनवटा कारणले हत्याका घटना भइरहेका छन् । रिसइबी, विवाहेत्तर सम्बन्ध र सानोतिनो झ्गडामा आवेगमा आएर गरिने प्रहारबाट मूलतः यस्ता घटनाहरु भइरहेको प्रदेश प्रहरी प्रमुख आचार्यको भनाइ छ ।

उनी भन्छन्, ‘यी घटनाहरुको प्रहरी अनुसन्धानमा त सफलता मिलेको छ, तर घटनाहरु ठीक होइन । जनचेतनाको कमीले भइरहेका छन्, अब राज्यसहित अन्य निकायले जनचेतना जगाउनुपर्ने जरुरी छ ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै