तराई मधेशमा आज हुराहुरी पर्व मनाइँदै

धनुषा । तराई मधेशमा शनिबार (आज) हुराहुरी पर्व मनाइँदैछ । नेपालीहरुको दोस्रो महान पर्व तिहारको चौँथो दिन धनुषाको कमला नगरपालिकासहित तराई मधेश भव्य रुपले पर्व मनाइँदैछ ।

गौ संरक्षण गर्ने उद्देश्यले मनाइने हुराहुरी पर्वमा पशुद्वारा पशुको नै हत्या गराइने वर्षौदेखी चलन चल्दै आएको कमला नगरपालिका वडा नम्बर ४ बरेर्वाका ७५ वर्षीय राम सोभित कुसियैतले जानकारी दिए ।

यद्यपी यो पर्व लोप हुने अवस्थामा पुगेको भएपनि धनुषाको कमला नगरपालिकाको बरेर्बा, सघारा, लगमा, जनकपुरधामको कवड हल, शिवपुर, रमदैया लगायतका स्थानमा मनाइँदै आइएको छ ।

यो पर्वको अवसरमा गाउँको नजिकैको खेल मैदान वा चौरमा मनाइने हुराहुरीमा गाई, भैँसीले लखेटी लखेटी सुंगुरलाई मार्ने गर्छन् ।

गाई वा भैँसीले सुगर मारेपछि सुगरलाई मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ ।

वर्षभरि एक चोटि मनाइने यो पर्व हेर्न सयौँ स्थानीयवासीको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै