ट्रेन्डिङ

खानेपानी मन्त्री यादवले गरे वीरगन्ज कारगारको अनुगमन, भने – कैदीबन्दीहरुले भोग्नुपरेका समस्या समाधान गर्न यथाशीघ्र अघि बढ्नेछौँ

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्ज कारागारको अनुगमन तथा निरिक्षण गरेका छन् । शनिबार मन्त्री यादवले महानगरको वडा नम्बर ४ विर्तास्थित कारगारको अवस्थाबारे अनुगमन तथा निरिक्षण गरेका हुन् ।

अनुगमनका क्रममा कैदीबन्दीहरुले कारगारमा भोग्नु परेका समस्याबारे मन्त्री यादवलाई ‘ब्रिफिङ’ गराएका थिए । उनीहरुले शौचालय, विद्युत् र खानेपानीको अभाव लगायतका समस्या रहेको भन्दै त्यसको सुधारका लागि पहल गरिदिन मन्त्री यादवसमक्ष आग्रह गरे ।

यसैगरी महिला बन्दीहरुले आफूहरु बस्ने भवन जीर्ण बन्दै गएको बताउँदै आफूहरुलाई बस्न असहज हुने र यसले स्वस्थ्यमा समेत प्रतिकूल असर पु¥याएको ब्रिफिङ गरेका थिए ।

कैदीबन्दीहरुको समस्या सुन्दै मन्त्री यादवले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

उनी भन्छन्, ‘समाजका हरेक नागरिकले आधारभूत सुविधा र समान वातावरणमा बाँच्न पाउनु उनीहरुको अधिकार हो । कारगारका बन्दीहरुले भोग्नुपरेका पूर्वाधारको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देश गर्दछु ।’

महिला कैदीहरूका लागि शौचालय तथा अन्य पूर्वाधारहरूको सुधार, जीर्णोद्धार र व्यवस्थित खानेपानीको सुनिश्चित गर्न पहलकदमी गर्ने मन्त्री यादवले आश्वासन दिएका छन् ।

उनले कारगारको समस्याप्रति सरकार गम्भिर रहेको र यथाशीघ्र सरोकारवाला निकायहरुसँग छलफल गरी समाधानतर्फ अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै