वीरगन्जको चिल्ड्रेन पार्कमा मनाइयो नेपाल संवत् ११४५

वीरगन्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ स्थित चिल्ड्रेन पार्कमा नेपाल संवत् ११४५ मनाइएको छ । नेपाल संवत् ११४५ समारोह समिति वीरगन्जले विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यता एवम् महानगर प्रमुख राजेशमान सिंहको उपस्थितिमा शुभकामना आदानप्रदान गर्दै दिवस मनाइएको हो । सो अवसरमा मन्त्री यादवले राष्ट्रिय विभूती शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्दै सुख, शान्ति एवम् समृद्धिको कामना गरेका थिए ।

कार्यक्रममा वीरगन्जका नेवार समुदायहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

साख्वाले विक्रम संवत ९३७ इस्वी संवत् ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गरेका थिए ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरे ।

विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

सोही अवसरलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै