ट्रेन्डिङ

मुस्लिम समुदायको विवाहका लागि वीरगन्जमा भवन तयार, खानेपानी मन्त्रीले गरे उद्घाटन

वीरगन्ज । मुस्लिम समुदायकाे विवाहका लागि वीरगन्जमा भवनको निर्माण गरिएको छ । महानगरको वडा नम्बर १४ बहुअरीमा भवन निर्माण गरिएको हो ।

भवनको शुक्रबार जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् संघ सरकारमा खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका छन् ।

संसदीय पुर्वाधार विकास कोष तथा वीरगन्न महानगरपालिकाको सहयोगमा भवन तयार पारिएको जनाइएको छ ।

नवनिर्मित विवाह भवनमा मुस्लिम समुदायका सांस्कृतिक धार्मिक तथम सामाजिक कार्यक्रमहरु गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

उद्घाटन कार्यमा वीरगन्ज महानगरका नगरप्रमुख राजेशमान सिंह, जसपाका नेता तथा पूर्व प्रदेश सांसद जनत अंसारी, जिल्ला समन्वय समितिका पूर्व प्रमुख नेक महम्मद अंसारी, मधेश सरकारका उर्जा, सिंचाई एवम् खानेपानी सचिव जकि अहमद अंसारी, जनता समाजवादी पार्टीका वीरगंज महानगर अध्यक्ष ईश्वर चन्द्र यादव, वडा नम्बर१४ का अध्यक्ष महबूब एलाही, जसपा १४ का ईकाई अध्यक्ष रफिक अंसारी लगायतकाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै