ट्रेन्डिङ

सशस्त्र प्रहरी पर्साद्रारा वीरगन्जको एक गोदाममा छापा,१५ लाख मुल्यका सामान बरामद

१२ भदौ,वीरगन्ज । सशस्त्र प्रहरी पर्साले वीरगन्जको एक गोदाममा छापामारी गरेको छ । वीरगन्जको आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरीले छापामारी गरेको हो ।

आदर्शनगरको स्काईलाइन मल नजिक रहेको एक गोदाममा छापा मारेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले गोदाममा छापा मारेको हो ।

छापामारी गरि भन्सार छलीका १५ लाख मूल्य बराबरका सामानहरु बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बताए । उनका अनुसार सशस्त्र प्रहरीले भन्सार छलेर ल्याई लुकाइछिपाइ राखेको अवस्थामा लत्ताकपडा, डेरी मिल्क चकलेट तथा विभिन्न सामानहरु बरामद गरेको हो ।

बरामद सामानहरु आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै