Close This

ट्रेन्डिङ

बाराको सिमरा स्वीट्सले भारतीय अखाद्य मिठाई बेचिरहेको खुलासा, सञ्चालकसहित दुइ जना पक्राउ

कालोबजारी कसुरमा मुद्दा चलाउने तयारी

वीरगन्ज । बाराको सिमरास्थित सिमरा स्वीट्सबाट भारतीय गुणस्तरहीन मिठाई बरामद भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा भएको अनुगमनमा सिमरा स्वीट्सबाट भारतीय अखाद्य मिठाई बरामद भएको हो ।

बारा सिडिओ वसन्त अधिकारीको नेतृत्वमा गएको टोलीले  अनुगमन गर्दा आज साँझ सिमरा स्वीट्सबाट अखाद्य भारतीय मिठाई बरामद भएको हो ।

अखाद्य मिठाई बरामद भएपछि टोलीले सिमरा स्वीट्सका सञ्चालक बारा प्रसौनीका अशोक कुमारसहित पसलमा काम गर्ने भारतीय अकेश कुमारलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

मिठाई पसलबाट एक सयवटा डब्बा र करिब एक क्वीन्टल मिठाईजन्य पदार्थ बरामद भएको बारा प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सञ्चालकसहित भारतीय कर्मचारीलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

उनीहरुमाथि कालोबजारी ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै