Close This

ट्रेन्डिङ

नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा पर्सामा गाँजाको ३५ सय बोट नष्ट

वीरगन्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पर्सामा लगाइएको लागु औषध गाँजा खेती नष्ट गर्ने अभियान चलाएको छ ।

सुरक्षा निकायको संयुक्त टोलीले अवैधरुपमा लगाइएको गाँजा खेती फँडानी गर्ने अभियान अन्तगर्त बुधबार ठूलो मात्रामा गाँजाको बोट नष्ट गरेको जनाएको छ । प्रहरीको संयुक्त टोलीले पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर –१ कोइलाभारको साँझेदारी वनमा लगाइएको गाँजाको बोट नष्ट गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

सुरक्षा निकायको संयुक्त टोलीले करिब गाँजाको ३५ सय बोट फँडानी गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए । उनका अनुसार प्रहरीलाई आएको सूचना अनुसार अहिले गाँजा फँडानीको अभियान चलिरहेको छ ।

यो अभियान नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियान रहेको पर्सा प्रहरी बताउँछ । केही सातादेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा पर्सा जिल्लामा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान चलाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै