Close This

ट्रेन्डिङ

लागू औषधसहित पर्साबाट एकजना महिला पक्राउ

प्रतिवन्धित लागू औषधसहित पर्साबाट एकजना महिला पक्राउ

९ भदौ, वीरगन्ज । प्रतिवन्धित लागू औषधसहित पर्साबाट एकजना महिला पक्राउ परेकी छन् । वीरगन्ज महानगरपालिका वा नम्बर १६ स्थित वीरगन्ज भन्सार कार्यालय गेट एरियाबाट लागू औषधसहित एकजना महिला पक्राउ परेकी प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ भर्याङ टोल बस्ने २३ वर्षकी सुस्मिता परियार रहेकी छन् । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी वल पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले जाँच गर्ने क्रममा शंकास्पद हिडिँरहेकी उनको साथबाट लागू औषध बरामद भएको प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए । सुस्मिताले लगाएको कालो रगंको ट्रयाक पाईन्ट मुनि दाहिने र बाँया खुट्टाको तिघ्रामा सेतो टेपले बेरेर लुकाईछिपाई राखेको अवस्थामा लागू औषध बरामद भएको उनले जनाए ।

प्रहरीका अनुसार उनको साथबाट लागू औषध नुर्फिन १० एम्पुल, फेनारगन १० एम्पुल र डाईजेपाम १० एम्पुल फेला परेको हो । पक्राउ परेकीमाथि लागू औषध सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि पर्सा जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै