Close This

ट्रेन्डिङ

महोत्तरीमा मृत फेला परेकी महिलाको अझै खुलेन पहिचान

महोत्तरी । महोत्तरीमा सोमबार दिउँसो मृत फेला परेको महिलाको पहिचान अझै खुल्न सकेको छैन ।

हत्या भएको २४ घण्टा भन्दा बढी भइसक्दा पनि मृतक महिलाको पहिचान खुल्न नसकेको हो ।

महोत्तरी प्रहरीका अनुसार मृतकको पहिचान खुल्न नसकेकोले अनुसन्धानमा केही जटिलता आएको हो । तर त्यसको बाबजुद पनि घटनाको अनुसन्धानमा प्रहरीले ‘लीड’ लिइसकेको महोत्तरीले जनाएको छ ।

महोत्तरी प्रहरीका अनुसार अहिले पहिलोचरणमा घटनाको अनुसन्धानको ‘लीड’ मिलेको छ । प्रहरी प्रवक्ता सन्तुलाल जयसवारले चाँडै घटनामा संलग्नहरु प्रहरीको नियन्त्रणमा आउने बताए ।

उनका अनुसार प्रहरी घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ । धेरै पाटोबाट अनुसन्धान चलिरहेकोले चाँडै घटनामा संलग्नहरु प्रहरीको फन्दामा आउने उनको भनाइ छ ।

अन्दाजी २५ वर्षीय महिलाको साडीले घाँटी थिचेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यद्यपी, पोष्टमार्टम रिपोर्ट अझ आउन नसकेको महोत्तरी प्रहरीले जनाएको छ ।

सोमबार महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको बगैचा नजिकै रहेको डिलमा मृतक महिलाको शव फेला परेको थियो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त सूचना बमोजिम प्रहरी घटनामा स्थलमा पुगेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै