Close This

ट्रेन्डिङ

खसीको मासु भन्दै बाख्राको मासु बेच्नेलाई जरिवाना

सिरहा । खसीको मासु भन्दै बाख्राको मासुु बेच्ने पसलेलाई कारबाही गरिएको छ । सिरहाको लहानस्थित एक मासु पसलेलाई खसीको मासु भनेर बाख्राको मासु बेच्नेलाई कारबाही गरिएको हो ।

लहान नगरपालिकाले सोमबार उक्त मासु पसलेलाई कारबाही स्वरुप ५ हजार रुपैँया जरिवाना गराएको हो ।

नगरपालिकाले उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा चाडपर्व लक्षित गर्दै बजार अनुगमनलाई तीब्र बनाएको छ । सोही क्रममा एक जना मासु पसलेलाई कारबाही गरेको हो ।

यस्तै अनुगमन टोलीले ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भन्दै ११ हजार जरिवाना गराएको छ ।

उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोको भनाइ थियो । अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै