Close This

ट्रेन्डिङ

वीरगञ्जका दुई वटा लड्डु बनाउने उद्योगमा सिलबन्दी

वीरगञ्ज । वीरगञ्जका दुई वटा लड्डु बनाउने उद्योगमा सिलबन्दी गरिएको छ ।

दर्ता बिना अखाद्य रंग तथा वस्तु मिसाएर बिभिन्न पसल तथा होटेलहरूमा लड्डु सप्लाई गर्दै आएका दुई वटा उद्योग सिलबन्दी गरिएको हो ।

सरकारी निकायमा दर्ता नै नभइ घर भाडामा लिएर संचालन गदै आएका उद्योगहरुमा आइतबार अनुगमन गरिएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको उजुरीको आधारमा वीरगञ्ज १० रानीघाट र वडा नम्बर ११ श्रीपुरमा गरी दुई स्थानमा सञ्चालित लड्डु बनाउने उद्योगमा प्रशासनले छापा मारेको थियो।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय, प्रहरीसहितको अनुगमन टोलीले दुवै स्थानमा रहेको उद्योगमा अनुगमन गर्दा अखाद्य बस्तु रंग तथा केमिकल मिसाएर लड्डु उत्पादन गरेको पाएको थियो ।

अनुगमनका क्रममा ती दुवै उद्योगबाट संकलन गरिएको अखाद्य बस्तु मिसाइ बनाएको लड्डु नष्ट गरिएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै