
वीरगन्ज । रौतहट प्रहरीले श्रोत नखुलेको रकमसहित एकजना भारतीयलाइ पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले श्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एकजना भारतीयलाइ पक्राउ गरेको हो ।
प्रहरीको विशेष टोलीले महादेवपट्टीबाट भारत बिहार मोतिहारी जिल्लाको फुलवरिया बस्ने त्रीभुवन चौधरीलाइ पक्राउ गरेको प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।
उनका अनुसार चौधरी शंकास्पद हिसाबले साइकल चलाइरहेको देखेपछि गरिएको जाँचमा नाइलनको झोलाभित्रबाट पैसा बरामद भएको हो । उनको साथबाट प्रहरीले ५ सय दरका १ हजार थान नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ ।
बरामद रुपैयाँसहित चौधरीलाइ जिल्ला प्रहरी कार्यालय रौतहटमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।