Close This

ट्रेन्डिङ

सर्लाहीबाट ७५ लाख भन्दा बढीको भन्सार छलीको सामान बरामद

 

वीरगन्ज । सर्लाही प्रहरीले ७५ लाख भन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।

वीरगन्जबाट झापातर्फ जाँदै गरेको कन्टेनरबाट प्रहरीले भन्सार छलीका भाडा वर्तनसहितका हार्डवेयरका सामानहरु बरामद गरेको प्रहरी प्रवक्ता दीपक श्रेस्ठले बताए ।

उनका अनुसार प्रहरीलाई ठूलो परिमाणमा भन्सार छलीको सामान आइरहेको सूचना आएको थियो ।

सोही सूचना बमोजिम जाँच गर्दा प्रहरीले सर्लाहीको बागमती नगरपालिका वडा नम्बर-१२ बाट ७५ लाख ५२ हजार ७ सय मूल्य बराबरको भन्सार छलीका बरामद गरेको हो ।

झापातर्फ जाँदै गरेको ना ३ ख ७८७३ नम्बरको कन्टेनरबाट प्रहरीले भाडा बर्तनसहित तयारी पोशाक, टिभी, हार्डवेयरका सामानहरु, पेन्ट, पाइपहरु बरामद भएको प्रहरी प्रवक्ता श्रेष्ठ्ले जनाए ।

उनका अनुसार सबै बरामद सामानको आवश्यक कागजात नभेटिएपछि नियन्त्रणमा लिइएको हो ।

बरामद कन्टेनरसहित सबै सामान आवश्यक कारबाहीको लागि पथलैया राजश्व कार्यालयमा बुझाइएको सर्लाही प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै