ट्रेन्डिङ

शनिबार वीरगन्जका तीन ठाउँमा रगतदान कार्यक्रम, २४४ पोका रगत संकलन

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा शनिबार मात्रै तीन ठाउँमा रगतदान कार्यक्रमको आयोजना भएको छ । तीन फरकफरक ठाउँमा आयोजित रगतदान कार्यक्रममा २४४ पोका रगत संकलन भएको छ ।

क्रियाशिल युवा पत्रकार मञ्च नेपालले आज वीरगन्जमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शुभ दिपावली तथा छठ पर्वको अवसरमा क्रियाशिल युवा पत्रकार मञ्चले वीरगन्जको घण्टाघरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

शनिबार विहान आयोजित रगतदान कार्यक्रममा ६ महिलासहित ५१ जनाले रगतदान गरेको क्रियाशिल युवा पत्रकार मञ्च नेपालले जनाएको छ ।रक्तदान गर्नेहरुमा संजय कुमार चौरसिया, प्रेम राउत कुर्मी, राजेश दास, सन्दीप पण्डित, सोनि कुमारी दास, चन्दन रौनियार, आर्जन प्रसाद दास, बिरेन्द्र कुमार यादव, अनमोल राज रौनियार, सन्देश प्रसाद कुशवाहा, जितेन्द्र कुमार चौरसिया, निरन्जन साह, मनोज कुमार पण्डित, सुनिता थापा, राजकुमार चौधरी, शान्ति मिश्रा, राकेश कुमार गुप्तासहितका थिए ।

रगतदान कार्यक्रममा समाजसेवी प्रकाश थारु, वडा प्रहरी बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाई, मधेश प्रदेश पत्रकार महासंघका महासचिव श्याम बन्जारा, सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई लगायतको सहभागीता थियो । संस्थाका अध्यक्ष प्रणय साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबिच वीरगन्ज महानगरपालिका वडा नम्बर– १३ राधेमाईस्थित नेपाल निर्माण व्यवसायी संघ पर्साले पनि आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
नेपाल निर्माण व्यवसायी संघ आयोजना गरेको रगतदानमा ३ महिलासहित १६१ जना रक्तदान गरेको आयोजक संस्थाले जानकारी दिएको छ ।


अनिल पटेल, राजन तिवारी, राकेश महतो, विशाल पाण्डे, सुधीर पटेल, बलिराम राम, रामनरेश महतो, राजु मन्डल, कृष्ण कुमार पटेल, प्रधुमन मन्डल, प्रदीप मन्डल, सन्तोष साह कानु, निराजन कुमार गुप्ता, अजय पटेल, नन्दु यादव, सन्नी महतोसहितकाले आयोजित कार्यक्रममा रगतदान गरेको रक्त सञ्चार केन्द्र पर्साले जनाएको छ ।

नेपाल निर्माण ब्यवसायी संघ पर्साको अध्यक्ष सुरेश प्रसाद कुर्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।यसैगरी वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१७ अलौंस्थित युनिभर्सल युनाइटेड क्लबले पनि रगतदान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा ४ महिलासहित ३२ जनाले रगतदान गरेका थिए । आसिक अन्सारी, सुशील कुमार साह, नैमोदिन मिया, अनवत राम, नसरुल मिया, सन्जय सिल्वाल, लक्ष्मी देबी, पूर्णिमा शर्मा, कमला देबी, असलम अन्सारी, रुदल अन्सारी लगायतकाले रगतदान गरेको आयोजक संस्थाले जनाएको छ ।

युनिभर्सल युनाइटेड क्लबका अध्यक्ष राजेश राउत कुर्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै