
जनकपुरधाम । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य रवि साहलाई जिल्ला प्रहरी कार्यालयको परिसरबाटै पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा भएको एक छलफलमा सहभागी भएका केन्द्रीय सदस्य साहलाई दुव्र्यवहार गरेको भन्दै प्रहरीले हिरासतमा लिएका छन् ।
उनलाई हिरासतमा लिएपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नारावाजीसमेत गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका– १९ स्थित शिवपुरमा रहेको जनता माध्यमिक विद्यालयमा भएको अनियमितताबारे अभिभावकहरुले प्रधानाध्यापकसंग सोधखोज गर्दा पनि सूचना पारदर्शी नगरेको भन्दै प्रहरी कार्यालयमा निवेदन दिका थिए ।
सो निवेदन उपर शुक्रबार छलफलका लागि विद्यालयका प्रधानाध्यापक, सो वडाका वडा अध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत उपस्थित रहेका थिए ।
प्रहरीकै रोहबरमा भएको सो छलफलको क्रममा रवि साहलाई एकाएक पक्राउ गर्दै हिरासतमा लिएपछि आफूहरु जिप्रका घेराउ गर्दै नारावाजीसमेत गरेको एक कार्यकर्ताले बताए ।
सो प्रदर्शनका क्रममा कांग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले गल्ती गर्नेलाई प्रहरीले पक्राउ नगरी संरक्षण गर्ने र विद्यालयमा भएको अनियमितता खोज्नेलाई पक्राउ गर्नु दुःखद भएको बताए ।