
वीरगन्ज । मकवानपुर प्रहरीले हेटौडाको बिभिन्न स्थानहरुबाट चोरी गर्ने ८ जना चोरलाई पक्राउ गरेको छ ।
हेटौडाको बिभिन्न स्थानबाट उनीहरुले बिजुलीको तार, तामाको तार, साउण्ड सिस्टम, नगद रकम, मोटरसाईकल चोरी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपािलका वडा नं १२ बस्ने २२ बर्षिय मनिराज थोकर, वडा नं।१३ बस्ने २८ बर्षिय सन्त बहादुर तितुङ, वडा नं।४ स्थितबाट कवाडी पसलका संचालक भारतको मोतिहारी जिल्ला चिरैया थाना वडा नं।७ बस्ने दिल खुश कुमार साह पक्राउ परेका छन् ।
त्यस्तै सुशान्त श्रेष्ठ, राजेश थापा क्षेत्री, जिल्ला कञ्चनपुर बेलडी गा।पा।वडा नं। ३ घर भएका २४ बर्षिय राजेश्वर चौधरी र उनका मामा राहुल चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
उनका अनुसार पक्राउ परेका ८ जना माथी चोरी तथा डांका मुद्धा कसुरमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ६ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको खड्काले जनाए ।