ट्रेन्डिङ

पर्सा प्रहरीद्वारा जालसाझी मुद्धाका फरार दश कसुरदार गिरफ्तार

बीरगंज । पर्सा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १० जना कसूरदारहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

प्रहरीले पर्सा जिल्लाको बिभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाएको हो । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएका तर फरार रहेका उनीहरुलाई जिल्ला अदालत पर्साले जरिवाना गरेको छ ।

किर्ते मुद्दामा फरार रहेका पर्सा जिल्ला मंगलपुर–६ बस्ने शंकर साह कानु, सोहि स्थानका पानालाल साह कानुु, अमर साह कानु । जालसाजी मुद्दामा दोषी ठहर श्रीकिसुन साह कानुु, मंगलपुर–७ बस्ने शिव नारायण साह कलवार ।

पर्सा जिल्लाको चोर्नी–१ बस्ने शंकर महतो धानु, चोर्नी–२ बस्ने राम बिलास राउत अहिर र राधिका देवी अहिर, गोविन्दपुर–३ बस्ने रामअयोध्या राउत कुर्मी र बैकिङ्ग कसुर मुद्दामा फरार रहेका बीरगंज महानगरपािलका वडा नं २२ जगरथानपुर बस्ने राजेन्द्र प्रसाद कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं प्रवक्ता दीपक भारतीले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै