Close This

ट्रेन्डिङ

जनकपुरधाम नगर प्रहरीद्रारा किन व्यापारी कुटिए ?

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा एक व्यापारीलाई नगरप्रहरीले कुटपिट गरेको छ ।

जरिवाना बुझाउनका लागि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा जादा नगर प्रहरीका इन्चार्ज नितेशकुमार रायले स्थानीय व्यापारी कौशलकिशोर साहलाई कुटपिट गरेको आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापा चोकस्थित किराना पसल चलाउँदै आएका साहमाथि उपमहानगरको कार्यालयमा जरिवाना बुझाउनका लागि पुगेको समयमा एक नगरप्रहरीले कुटपीट गरेका हुन् ।

पीडित व्यापारी साहले बताए अनुसार उनीमाथि उपमहानगरको नगरप्रहरीका ईन्चार्ज नितेशकुमार रायले कुटपीट गरेका छन् ।

पीडित व्यापारी साहले भने ‘मंगलबार पसलको सरसफाई गरिरहेका थिएँ, सामानहरु फूटपाथमा थियो, त्यही बेला नगरप्रहरीले सामानहरु जथाभावी छरेर जरिवानाको पूर्जी थमाइ दिएको थियो ।’

उनले अघि थप्दै भने ‘जरिवानाको विषयलाई लिएर मैले प्रतिकार पनि गर्न खोजे तर आज नै जरिवाना बुझाउन जाँदा नगरप्रहरीका इन्चार्ज रायले ढोका बन्द गरेर कुटे ।’

यता व्यापारी साहलाई कुटपीट भएपनि जनकपुरधाम उद्योग वाणिज्य संघको टोलीले व्यापारी कुटपिटमा संलग्न रहेका नगर प्रहरी इन्चार्ज रायलाई कारबाहीको माग गरेको छ ।

जउवा संघका अध्यक्ष सुरेन्द्र भण्डारी, महासचिव फुलदेव पण्डित लगायतको पदाधिकारीहरुको टोलीले जनकपुरधाम उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर तत्काल नगरप्रहरीलाई कारबाहीको माग गरे ।

प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले नगरप्रहरीलाई निलम्बन गर्ने प्रतिबद्धता जनाएको जउवा संघका अध्यक्ष भण्डारीले बताए ।

अध्यक्ष भण्डारीले जनकपुरधाम उपमहानगरपालिकाले कारबाही नगरे आगामी कानुनी उपचारमा जाने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै