ट्रेन्डिङ

धोबनी गाउँपालिकाले भन्यो– तलब पाउन मास्टरहरुले गराए विद्यार्थीबाट नाराबाजी

वीरगन्ज । पर्सामा सरकारी विद्यालयका शिक्षकहरु तलब नपाएपछि विद्यार्थीहरुबाट आन्दोलन गराइएको छ ।

पर्साको धोबनी गाउँपालिकामा शिक्षकहरु तलब पाउनका लागि विद्यार्थीहरुलाई अगाडि सारेर प्रदर्शन गराएको आरोप लागेको छ । मंगलबार दिउँसो गाउँपालिका अन्तर्गतको अजिजमियाँ माध्यामिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिकाको कार्यालयमा नाराबाजी गर्नुको साथै प्रदर्शन गरेका थिए ।

शिक्षकहरुले जानीजानी विद्यार्थीहरु उक्साएर नाराबाजी गर्न लगाएको गाउँपालिकाले आरोप लगाएको छ ।  गाउँपालिका अध्यक्ष मदन चौहानले केही शिक्षकहरुले विद्यार्थीको नाममा राजनीतिक गरेको आरोप लगाए ।

उनले भने, ‘म आज बाहिर छु, तर दिउँसोतिर कार्यालयमा नाराबाजी भएको थियो । त्यो सब केही शिक्षकहरुले राजनीतिक गर्न खोजिरहेका छन्, किनकी वाल विकास र कार्यालय सहयोगीहरुलाई संघीय सरकारको तलबमा हामी थपेर दिने गर्छौ । तर यहाँ जानीजानी शिक्षकहरुले विद्यार्थीहरुलाई अगाडि सारेर राजनीतिक गर्न खोजिरहेका छन् ।’

अजिजमियाँ माध्यामिक विद्यालयमा कार्यरत शिक्षक, लेखापाल र कार्यालय सहयोगीहरुले तलब नपाएको जनाइएको छ । धोविनी गाउँपालिकाको अजिजमियाँ माध्यामिक विद्यालयमा कार्यरत पाँचजना शिक्षकहरु तलब अनुदानबाट प्राप्त हुने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले संघीय सरकारले अनुदानमा पठाउने शिक्षकको तलव नपठाएपछि शिक्षकहरुको तलबमा ढिलाइ भएको गाउँपालिकाको कार्यालयले जनायो । अजिज मियाँ माध्यामिक विद्यालयका विद्यार्थीहरुले आज गाउँपालिकामा प्रदर्शन गरेका हुन् ।

चार महिनादेखि शिक्षक, कर्मचारीहरुले तलब नपाएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै