ट्रेन्डिङ

बाराबाट १३ जना जुवाडे पक्राउ

बारा प्रहरीले जुवा खेलेको आरोपमा १३ जनालाइ पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरस्थित एरियाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले स्थानीय मोतिलाल प्रसादको घरमा छापा मारेको थियो । सोही क्रममा जुवा खेलिरहेको अवस्थाबाट १३ जनालाइ पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट १ लाख ७१ हजार २८० नेपाली रुपैँया समेत बरामद भएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाईएको प्रहरी बताँउछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै