
सिरहा । बैकिँङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका वडा नं। ४ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका वडा नं. ४ ढुङ्गेधारा बस्ने ४१ वर्षीय हसन राजा छन् ।
उनीमाथि बैकिङ कसुरमा जिल्ला अदालत बबरमहल, काठमाडौँको फैसलाले बिगो रकम १६ लाख ५० हजार रुपियाँसहित दुई वर्ष कैद सजाय तोकेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।