वीरगन्ज । बाराको गण्डक नहरबाट मृत अवस्थामा फेला परेको युवक घटना नयाँ मोड लिएको छ ।
बेपत्ता भएको चार दिन पछाडि मृत अवस्थामा फेला परेका बिरेन्द्र साह सोनारको घटना नयाँ मोड लिएको प्रहरीले जनाएको छ ।
मृत अवस्थामा फेला परेको सोनारको घटना हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनाको रिपोर्ट तथा प्रवृति अनुसार सोनारको ‘मर्डर’ गरिएको विश्लेषणसहित प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
त्यही सिलसिलमा बारा प्रहरीले मृतकका श्रीमती सोधपुछ सुरु गरेको छ । बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले सोनारको घटना शंकास्पद रहेकोले ‘मर्डर’ को आशंकामा अनुसन्धान सुरु गरिएको बताए ।
उनका अनुसार त्यही सिलसिलमा सुरुमा मृतकका श्रीमती मनिषा देबीसंग सोधपुछ सुरु गरिएको छ । अहिले जिल्ला प्रहरीमा उनका श्रीमती देवीसंग सोधपुछ चलिरहेको बारा प्रहरी प्रवक्ता सापकोटा बताउँछन् ।
बेपत्ता भएको चार दिन पछाडि बीरगन्जका बीरगन्जका ३ छपकैया निवासी २६ वर्षका सोनार बाराको प्रसौनी गाउँपालिकाको गण्डक नहरको किनारमा शव फेला परेको थियो ।
उनका अनुसार गएको मृतक सोनार २७ गतेदेखि बीरगन्जबाट बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर उनको हत्याको कारण भन्ने अहिलेसम्म खुल्न नसकेको बारा प्रहरीले जनाएको छ ।
टाउँको पछाडि घाउँ लागेको अवस्थामा उनको शव भेटिएको थियो ।