ट्रेन्डिङ

वीरगन्ज रानीघाटबाट ९८ हजार रुपैंयासहित सात जना जुवाडे पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ७ जना जुवाडेलाइ पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटबाट सात जना जुवाडे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा सोमबार राती छापामारी गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरेको प्रहरी स्रोतले जनायो । प्रहरीले उनीहरुको साथबाट ९८ हजार रुपैंया समेत बरामद गरेको बताएको छ ।

पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।

यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै