Close This

ट्रेन्डिङ

पर्साबाट झण्डै ११ लाखका सामानसहित मोटरसाइकल पक्राउ

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले झण्डै ११ लाख मूल्यका सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी पर्साले १० लाख ७० हजार ९२५ मूल्य बराबरका सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वा एरियाबाट प्रहरी सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त मूल्य बराबरका सामानसहित सवारी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सार्वजनिक सवारी साधनमा लोड गरी भारतबाट लुकिछिपी ल्याउँदै गरेको अवस्थामा ८ लाख ७० हजार ९२५ मूल्यका किराना सामान, लत्ताकपडा, कस्मेटिक, जुत्ता, मदिरा, मोटर पार्टसहरु बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जनाए ।

यसैगरी बिआर ०५ एन ७०३६ नम्बरको भारतीय मोटरसाइकलमा राखी भारततर्फ लैजाँदै गरेको अवस्थामा कस्तुरी मदिरा समेत पक्राउ गरेको उनले बताए । उनका अनुसार मोटरसाइकलको मूल्यांकन दुइ लाख रुपैँया कायम गरीएको छ ।

बरामद सामानसहित मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनायो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै