ट्रेन्डिङ

दसैं बिदामा पनि खुला रहनेछ उच्च अदालत वीरगन्ज, कुन–कुन मुद्दामा हुन्छ सुनुवाइ ?

वीरगन्ज। वडा दसैंको सार्वजनिक बिदाका दिन पनि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज खुला रहने भएको छ ।

अदालतले बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, निषेधाज्ञालगायत अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ गर्ने एक सूचना जारी गर्दै भनेको छ ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार घटस्थापानादेखि १५ दिन अदालतबाट सेवा प्रवाह गरिनेछ ।
असोज २५ गतेदेखि कातिक ८ गतेसम्म उच्च अदालत वीरगन्ज खुल्ला रहने उनले जानकारी दिएका छन ।

दसैंका कारण सार्वजनिक बिदा भए पनि अदालतको अत्यावश्यक न्यायिक सेवा नियमित सञ्चालन बताइएको छ ।

पाण्डेका अनुसार सार्वजनिक बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालतमा न्याय प्रशासनसम्बन्धी कार्य सञ्चालन गरिनेछ ।

बिदाका कारण न्यायिक सेवाबाट सेवाग्राही वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अत्यावश्यक प्रकृतिका मुद्दा तथा निवेदनको सुनुवाइको व्यवस्था गरिएको उनले बताए ।

‘सार्वजनिक बिदाका दिन पनि बन्दीप्रत्यक्षीकरण, वाणिज्यतर्फका पक्राउ पूर्जी अनुमतिसहितका अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुन्छ । त्यसका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालतको कामकारबाही सञ्चालन गरिनेछ,’ उपरजिस्ट्रार पाण्डेले भने ।
घटस्थापाना, विजयादशमी र शनिबारबाहेक अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुने जनाइएको छ ।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै