ट्रेन्डिङ

प्रहरी दिवसको अवसरमा मधेस प्रहरीले माग्यो ‘टिकटक भिडिओ’, उत्कृष्टलाई प्रशंसा पत्र

वीरगन्ज । मधेस प्रदेश प्रहरीले ६९औँ प्रहरी दिवसको अवसरमा टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

चार प्रकारको अपराधमा प्रहरीले प्रतियोगिताको आयोजना गर्न लागेको जारी गरेको सूचनामा भनिएको छ।

मधेस प्रहरीले लागुऔषध दुव्र्यसनबाट बचौँ र बचाऔँ, सामाजिक सञ्जालको दुरुपयोग नगरौँ, सभ्य नागरिक बनौँ, घरेलु हिंसा अन्त्य गरौँ तथा परिवारमा मेलमिलाप कायम राखौँ भन्ने विषयमा आधारित टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागेको पर्सा प्रहरीका एसपी पवन भट्टराइले बताए ।

प्रहरीका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुकले ३० सेकेन्डदेखि बढीमा १ मिनेटसम्मको सन्देशमूलक टिकटक भिडिओ तयार गरी पठाउनुपर्नेछ ।

भिडिओमा तोकिएका विषयलाइ समेट्नुपर्ने एसपी भट्टराइले जनाए ।

प्रतियोगितामा सहभागी हुन तयार गरिएको भिडिओ असोज २७ गते राति १२ बजेसम्म मधेस प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको ह्वाट्सएप नम्बरमा पठाउनुपर्नेछ ।

प्रहरीले ९७०५४६४१०० र ९८५१२९५७८६ ह्वाट्सएप नम्बरमा भिडिओ पठाउन आग्रह गरेको छ ।

तोकिएको समयपछि प्राप्त हुने भिडिओ प्रतियोगितामा समावेश नगरिने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले प्रतियोगितामा सहभागी हुने भिडिओ तोकिएको मिति र समयभित्र प्राप्त हुनुपर्ने तथा सहभागीले पठाएको भिडिओ प्रतियोगितामा प्रयोग गर्न मिल्ने गरी तयार गर्नुपर्ने आग्रह गरेको छ ।

मधेस प्रहरी कार्यालयले प्रतियोगितामार्फत लागुऔषध दुव्र्यसन, सामाजिक सञ्जालको दुरुपयोग तथा घरेलु हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्य राखेको जनाएको छ ।

उत्कृष्ट हुने प्रतियोगीलाइ प्रशंसा पत्रले सम्मान गरिने तयारी गरिएको मधेश प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै