ट्रेन्डिङ

वीरगन्जका बिरेन्द्र सोनार गण्डक नजिक मृत भेटिए, प्रहरी भन्छ– हामी अनुसन्धान गर्दैछौँ, पोस्टमार्टम रिपोर्टपछि मात्र यकिन खुल्छ

वीरगन्ज । बाराको प्रसौनी गाउँपालिका फेला परेको एक जना पुरुषको शवको सनाखत भएको छ । बिहिबार (आज) बिहान गाउँपालिकाको गण्डक नहरस्थित किनारमा मृत फेला परेको पुरुषको शवको सनाखत भएको हो ।

उक्त शव वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी २६ वर्षका बिरेन्द्र साह सोनारको रहेको बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले पुष्टि गरे ।

मृतक सोनार असोज २७ गतेदेखि सम्पर्कविहिन थिए । उनको परिवारजनले जिल्ला प्रहरी कार्यालय पर्सामा उनको खोजीका लागि उजुरी दर्ता गराएका प्रहरीको भनाइ छ ।

बेपत्ता सोनारको खोजतलासका क्रममा आज बिहान उनको शव बरामद भएको प्रवक्ता सापकोटाले बताए ।

गण्डक नहरको त्रिवेणी पुल नजिक शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले मुचुल्का तयार पारी शवको पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको जानकारी दिएको छ ।

सोनारको हत्या भएको हो वा हैन यसबारे पोस्टमार्टम रिपोर्टपछि मात्रै यकिन खुल्ने प्रहरीको भनाइ छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै