ट्रेन्डिङ

पर्साको बहुदरमाइ–९ को कांग्रेस वडा अधिवेशनबाट बिनोद रौनियार पुनः सभापति

वीरगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको बहुदरमाइ नगरपालिका–९ विश्रामपुरमा वडा अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार अबेर राति सम्पन्न वडा अधिवेशनले बिनोद रौनियारलाई पुनः वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि पनि वडा सभापतिको जिम्मेवारी सम्हालेका रौनियारलाई अधिवेशनले पुनः सर्वसम्मत नेतृत्वमा चयन गरेको हो ।

अधिवेशनबाट वडा उपसभापतिमा असगनी देवान, सचिवमा फरियाद देवान र सहसचिवमा श्रीराम गुप्ता सर्वसम्मत चयन भएका छन् ।

यस्तै वडा कार्यसमितिका अन्य सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले २३ सदस्यीय क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरेको छ ।

क्षेत्रीय प्रतिनिधिमा रविन्द्र कुमार गुप्ता, महम्मद फखरुद्दीन, कसिम मियाँ अन्सारी, गनी अन्सारी, नेजमा खातुन र लालसा कुमारी देवीलगायत चयन भएका छन् ।

वडा अधिवेशनमा सहभागी कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले सहमतिमै नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गरेका हुन् ।

अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएपछि वडा तहको पार्टी संगठनलाई थप व्यवस्थित बनाउँदै आगामी महाधिवेशनका लागि अघि बढ्ने कांग्रेसका स्थानीय नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै