ट्रेन्डिङ

पर्सामा दुई राउन्ड हवाइ फायर, ३३ किलो गाँजासहित तीनजना पक्राउ

वीरगन्ज । पर्सामा प्रहरीले दुई राउन्ड हवाइ फायर गरेर ३३ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलका नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार आइतबार राति मलाही टोलमा अवैध रूपमा गाँजाको कारोबार भइरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले शंकास्पद गतिविधि देखिएपछि जाँच अघि बढाउने क्रममा तीनैजना गाँजा लिएर भाग्न खोजेका थिए ।

उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको डीएसपी मल्लले बताए ।

प्रहरीले उनीहरूको साथबाट ३३ किलो गाँजा बरामद गरेको जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै