वीरगन्ज । बारामा हिजो चक्कु प्रहार गरी हत्या गर्ने युवकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा सिमरास्थित सम्झना स्टाफ होटलमा ३५ वर्षीय युवकको घाटीमा चक्कु प्रहार गरी हत्या गर्ने युवकलाइ प्रहरीले पक्राउ गरेको हो ।
सिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी आयुष राइलाइ प्रहरीले पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले बताए ।
उनका अनुसार राइले साँझ साढे ५ बजे सिमराकै वडा नम्बर २ निवासी शेरबहादुर खडकाको घाटीमा चक्कु प्रहार गरेका थिए, घाइते खडकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
धान बारीमा लुकिरहेको अवस्थामा राइलाइ शनिबार राती नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
राइलाइ प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।