ट्रेन्डिङ

महोत्तरीमा २ करोड ४० लाख मूल्यका १२०० थान एप्पल एयरपड्स बरामद

जनकपुर । महोत्तरीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको करिब २ करोड ४० लाख रुपैयाँ मूल्य बराबरका एप्पल कम्पनीका एयरपड्स बरामद गरिएको छ ।

सशस्त्र प्रहरीका अनुसार सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान १ हजार २०० थान एयरपड्स बरामद गरिएको हो ।

भारतबाट अवैध रूपमा सामान ल्याउँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउटपोस्ट (बीओपी) खैरवनीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा ती एयरपड्स बरामद गरेको हो ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि एयरपड्स बोकेर आएका व्यक्ति सामान छाडेर फरार भएका थिए ।

फरार व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद एयरपड्स आवश्यक कानुनी प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका सामान नियन्त्रणमा लिएर अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै