ट्रेन्डिङ

गृह मन्त्रालयले भन्यो- २२ भदौँमा बिदा छैन, राष्ट्रिय शोक मात्र मनाइन्छ

सरकारी कार्यालयमा झण्डा आधा झुकाइने

वीरगन्ज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाउने सरकारले निर्णय गरेको छ ।

सरकारको मन्त्रिपरिषद्को बसेको बैठकले भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै घटना भएको तेह्रौँ दिन अर्थात् २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा पर्ने भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो ।

बाढीका कारण धेरै मानिसको मृत्यु हुनुका साथै केही अझै बेपत्ता छन् ।

सरकारले विपद्मा ज्यान गुमाएकाहरूप्रति सम्मान तथा शोक प्रकट गर्न राष्ट्रिय शोक मनाउने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै