ट्रेन्डिङ

वीरगन्जमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत पूर्णिया जिल्ला सदर थाना घर भएका १९ वर्षीय कृष्णा कुजुर, १९ वर्षीय आदित्य राज तिगा र १८ वर्षीय आशिष कुँजुर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो वीरगन्ज महानगरपालिका–१६ स्थित माइधिया पोखरी अगाडिको सडकखण्डमा शंकास्पद रूपमा पैदल हिँडिरहेका तीन जनालाई प्रहरी टोलीले रोकेको थियो।

प्रहरीले उनीहरूलाई रोकेर जाँच गर्दा साथबाट १०० ग्राम ब्राउन सुगर फेला परेको जनाएको छ।
त्यसपछि तीनै जनालाई बरामद लागु औषधसहित नियन्त्रणमा लिइएको हो।

खरिद–बिक्री र ओसारपसारबारे अनुसन्धान

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पक्राउ परेकाहरूमाथि लागु औषध खरिद–बिक्री तथा ओसारपसारसम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै