ट्रेन्डिङ

सिरहाको गागन खोला किनारमा करिब ५० वर्षीया महिलाको शव फेला

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला किनारमा करिब ५० वर्षीया एक महिलाको शव फेला परेको छ।

मंगलबार स्थानीयवासीले भैँसी चराउने क्रममा खोलाको किनारमा घोप्टो परेको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन।

उनको साथबाट पहिचान खुल्ने कुनै कागजातसमेत फेला परेको छैन।

महिलाको मृत्युको कारणसमेत तत्काल खुल्न सकेको छैन।

पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्रै मृत्युको कारणबारे यकिन हुने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।

मृतकको पहिचान खुलाउन स्थानीयवासी तथा आसपासका क्षेत्रमा आवश्यक जानकारी संकलन गर्ने काम भइरहेको उनले बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै