जनकपुर । मधेश सरकारले प्रदेश मातहतका प्रहरीलाइ साढे चार करोड बढीको गाडी हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्रालयले आज एक कार्यक्रमबिच प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालयहरुलाइ एक दर्जन गाडी हस्तान्तरण गरेको हो।
जिल्लाका प्रहरी प्रमुखलाइ आज एकएक थान गाडी हस्तान्तरण गरिएको मधेश सरकारले जानकारी दिएको छ।
प्रदेशका ८ वटा जिल्लामा १२ थान पिकअप गाडी हस्तान्तरण गरिएको मधेशका गृहमन्त्री फकिरा महतोले जनाए ।
उनका अनुसार प्रदेश मातहतका प्रहरी यूनिटहरुलाइ काम सहजता होस भन्ने हेतुले जिल्लाका प्रहरी कमान्डरलाइ बोलाएर आज गाडी हस्तान्तरण गरिएको हो ।
अब केही समयपछि थप मोटरसाइकल समेत वितरण गर्ने तयारी गरिएको उनको भनाइ छ ।
गृह सञ्चार तथा कानुन मन्त्रालयका अनुसार चार करोड ६८ लाख बढी मूल्य बराबरको गाडी हस्तान्तरण गरिएको हो ।