ट्रेन्डिङ

वीरगन्जमा निषेधाज्ञा लागू, साँझ ५ बजेदेखि आवतजावतमा कडाइ

वीरगन्ज । पर्सा प्रशासनले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार वीरगन्ज महानगरभित्र पूर्वमा प्रतिमाचोक, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक नहर र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रलाई निषेधाज्ञा लागू गरिएको क्षेत्र तोकिएको छ।

प्रशासनले उक्त क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न र कुनै पनि अप्रिय घटना हुन नदिन निषेधाज्ञा लागू गरिएको जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै आदेश उल्लङ्घन गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै