ट्रेन्डिङ

सीमाबाट हुने तस्करी र अपराध नियन्त्रण बारे के निर्देशन दिए मधेश प्रहरीका डिआइजी अधिकारी ?

वीरगन्ज। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ओम अधिकारीले जिल्ला प्रहरी कार्यालय पर्साको अनुगमन तथा निरीक्षण गर्दै सीमावर्ती जिल्लाको शान्ति सुरक्षा थप प्रभावकारी बनाउन मातहतका प्रहरी अधिकारी तथा कर्मचारीलाई कडा निर्देशन दिएका छन्।

बुधबार जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षणका क्रममा डिआइजी अधिकारीले सीमा क्षेत्रमा हुने तस्करी, भन्सार छली, जुवातास तथा गुण्डागर्दीजस्ता गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइ प्रभावकारीरूपमा कारबाही अघि बढाउन निर्देशन दिए।

उनले सीमावर्ती जिल्लामा सुरक्षा व्यवस्थालाई थप चुस्त र भरपर्दो बनाउँदै अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न प्रहरी संगठनलाई सक्रिय रूपमा परिचालन हुनुपर्नेमा जोड दिए।

डिआइजी अधिकारीले आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी निष्पक्ष, पारदर्शी र जनउत्तरदायी प्रहरी सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै प्रहरी संगठनको साख उच्च राख्न सम्पूर्ण प्रहरी कर्मचारीले अनुशासन, इमान्दारिता र आर्थिक पारदर्शितालाई अनिवार्य रूपमा पालना गर्न निर्देशन दिए।

निरीक्षणका क्रममा उनले कार्यालयको समग्र सुरक्षा अवस्था, सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी लिँदै आवश्यक सुझाव तथा निर्देशनसमेत दिएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै