जनकपुर । मधेश प्रदेश सरकारले प्रदेश मातहत कार्यरत कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री युवराज भट्टराईले कर्मचारीको तलब वृद्धि गर्ने व्यवस्था गरिएको जानकारी दिए।
बजेट भाषणका क्रममा मन्त्री भट्टराईले प्रदेशमा कार्यरत कर्मचारीले हाल पाइरहेको महँगी भत्तालाई निरन्तरता दिइने र सुरु तलब स्केलका आधारमा १० प्रतिशत तलब वृद्धि गरिएको बताए।
उनले कर्मचारीको मनोबल उच्च बनाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तलब वृद्धि गरिएको उल्लेख गरे।