ट्रेन्डिङ

वीरगन्जका मेयर राजेशमान सिंह ४ लाख १५ हजार धरौटीमा रिहा

वीरगन्ज। लिखत सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्साले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार थुनछेक बहसपछि सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो।

जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार लिखत सम्बन्धी कसुरतर्फ ४ लाख रुपैयाँ र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोप सम्बन्धी कसुरतर्फ १५ हजार रुपैयाँ गरी कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरिएको छ।

सिंहविरुद्ध लिखत सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गत जेठ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएपछि उनी अदालतमा उपस्थित भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए।

फरार सूचीमा रहेका सिंहलाई पक्राउ गर्न खटिएको प्रहरीको विशेष टोलीले मंगलबार पर्साको ठोरी गाउँपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

पक्राउपछि अदालतमा उपस्थित गराइएका सिंहमाथि भएको थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै