पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

वीरगन्ज । पोखरा लिचिबारी जग्गा भ्रष्टाचार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

यसअघि विशेष अदालतले गत पुस १६ गते गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अदालतले मुद्दामा प्रस्तुत प्रमाण र परिस्थितिलाई आधार मानेर थुनामा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।

सर्वोच्च अदालत प्रशासनले वेबसाइटमार्फत विशेष अदालतको आदेश बदर भएको तथा धरौटी माग गरिएको जानकारी सार्वजनिक गरेको छ ।

यद्यपि, विस्तृत लिखित आदेश भने आउन बाँकी रहेको जनाइएको छ ।

लिचिबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री गुप्तासहित रञ्जिता श्रेष्ठ माथि कास्कीका तत्कालीन मालपोत प्रमुख रामचन्द्र अधिकारीलाई कास्कीमै कायम राख्न ५३ लाख रुपैयाँ घुस लेनदेन भएको आरोप लागेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै