एसईको नतिजा आज सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो।

यस वर्षको एसईई परीक्षामा सहभागीमध्ये ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका बोर्डले जनाएको छ।

नतिजा केहीबेरपछि बोर्डको वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिइएको छ।

गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा यसपटक तुलनात्मक रूपमा छिट्टै सार्वजनिक गरिएको बोर्डले जनाएको छ।

परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा प्रकाशनमा सहज भएको बताइएको छ।

यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन फारम भरेका थिए।

तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र तथा अन्य ७ जना रहेका बोर्डले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै