ट्रेन्डिङ

मधेशमा मुख्यमन्त्री यादवको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

जनकपुर । मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएपछि उत्पन्न राजनीतिक अन्योलबीच सत्ता गठबन्धनमा रहेका चार दलले सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्।

आइतबार बसेको नेपाली कांग्रेस, जसपा नेपाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति गरेको हो।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा मुख्यमन्त्री यादवले यथाशीघ्र प्रदेशसभाबाट विश्वासको मत लिने निर्णयसमेत गरिएको उल्लेख गरिएको छ।

यसअघि गत वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

जनमतको निर्णयपछि मधेश प्रदेश सरकारको भविष्यबारे चासो बढिरहेका बेला सत्ता साझेदार दलहरूले भने गठबन्धन कायम राख्ने अडान सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै