ठोरीमा “डाक्टरसहित सांसदको घरदैलो” कार्यक्रम सम्पन्न, सयौं स्थानीय लाभान्वित

वीरगन्ज । पर्साको ठोरी गाउँपालिका–२ इच्छानगरमा सञ्चालन गरिएको “डाक्टरसहित सांसदको घरदैलो” कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण, उपचार, परामर्श तथा औषधि वितरण गरिएको थियो।

कार्यक्रममा विशेषगरी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विपन्न, असहाय तथा ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी सेवा प्रदान गरिएको आयोजक पक्षले जनाएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्शसमेत दिएको बताइएको छ।

कार्यक्रमपछि प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर यस्ता सेवा निरन्तर सञ्चालन गरिने बताएका छन्।

उनले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

सांसद शाक्यले कार्यक्रम सफल बनाउन सहयोग गर्ने चिकित्सक टोली, स्वास्थ्यकर्मी, स्थानीय आयोजक संस्था तथा नागरिकप्रति आभार व्यक्त गरेका छन्।

स्थानीयवासीले घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै