ट्रेन्डिङ

वीरगन्जमा प्रेस स्वतन्त्रता दिवस: अध्यक्ष खनालले उठाए चुनौतीका सवाल

वीरगन्ज । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि पछिल्लो समय निरन्तर चुनौती थपिँदै गएको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाद्वारा वीरगन्जमा आयोजित प्रभातफेरीपछि सम्पन्न सभालाई सम्बोधन गर्दै उनले सञ्चारसम्बद्ध कानुनहरू मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल नियमनसम्बन्धी प्रस्तावित कानुन तथा सूचना प्रविधि ऐनले स्वतन्त्र पत्रकारितालाई सङ्कुचित पार्न सक्ने चिन्ता व्यक्त गरे।

यस्ता विषयमा महासङ्घको गम्भीर चासो रहेको उनले स्पष्ट पारे।

कार्यक्रमअन्तर्गत निकालिएको प्रभातफेरी वीरगन्जको घण्टाघरबाट सुरु भई नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, पर्सा शाखाका सचिव विजय महतो, सहसचिव एसके चौरसियालगायत जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष खनालले सञ्चार क्षेत्र हाल चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको उल्लेख गर्दै पत्रकारहरूको बढ्दो पेसागत पलायन, निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरणमा देखिएको असमानता र सूचना प्रवाहमा हुने अवरोधले पत्रकारिता क्षेत्र थप सङ्कटमा परेको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै