ट्रेन्डिङ

पर्सामा डाक्टरसहित सांसदको घरदैलो स्वास्थ्य कार्यक्रम सम्पन्न, निःशुल्क सेवा प्रदान

वीरगन्ज । जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सांसद टेकबहादुर शक्यको पहलमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

प्रभु अस्पतालको सहयोगमा आयोजित उक्त घरदैलो स्वास्थ्य कार्यक्रममा स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिएका छन्।

कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको थियो।

अनुभवी चिकित्सक डा. प्रयास तिमिल्सिना र डा. सुरुची श्रेष्ठले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श प्रदान गरेका थिए।

घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराइएपछि स्थानीयवासीले सहज रूपमा उपचार पाउनुका साथै कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

विशेषगरी दुर्गम तथा स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको यस्तो कार्यक्रम प्रभावकारी बनेको आयोजकले जनाएको छ।

कार्यक्रममा सांसद शक्यले जनताको सेवा नै आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै