काठमाडौं । सरकारले वैशाख १८ गते सार्वजनिक बिदाका दिन पनि देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदाका कारण बिरामीहरूलाई स्वास्थ्य सेवा लिन कठिनाइ नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले लगातार तीन दिन सार्वजनिक बिदा परेकाले ओपीडी सेवा प्रभावित हुने बताए । यसले बिरामीलाई सहज रूपमा स्वास्थ्य सेवा लिन मद्दत गर्ने उनको विश्वास छ ।