बारा । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका तत्कालीन निमित्त कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका तत्कालिन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगको ठहर छ । उनीविरुद्ध १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो दाबी समेत गरिएको छ ।
३१ असार २०४७ मा नियुक्ति पाएदेखि २९ पुस २०८० सम्मको अवधिलाई जाँच अवधि मान्दा उनीसहित उनको परिवारका सदस्यले आर्जन गरेको सम्पत्ति ९कुल ३ करोड ४६ लाख २१ महजार ४०१ रुपैयाँ० भन्दा खर्च ९कुल ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ० १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बढी देखिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
आयभन्दा व्यय बढी देखिएको उक्त रकमको स्रोत पुष्टि नभएको भन्दै आयोगले यादवसहित उनकी श्रीमती निर्मलाकुमारलाई पनि समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।