ट्रेन्डिङ

चैतमा विपद्का कारण ३० जनाले ज्यान गुमाए, कुन प्रदेशमा कति घटना ?

काठमाडौँ । गत वर्षको एक महिनाको अवधिमा विपद्का कारण देशभर ३० जनाले ज्यान गुमाएका छन् ।

गत वर्षको चैत महिनामा मात्र भएका घटनामा यी सङख्यामा नागरिकले ज्यान गुमाउँदा दुइ सय २२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो ।

विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भउको छ भने ५२९ चौपाया मरेका छन् ।

विपदका कारण ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका थिए । भने १४३ जना विस्थापित भएका छन् ।

कुन प्रदेशमा कति ?

एक महिनाको विवरण अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा विपद्का घटना घटेका छन् । अर्थात् त्यो प्रदेशमा मात्र सो अवधिमा २७२ वटा घटना भएका प्रहरी आँकडा छ ।

यसैगरी मधेसमा १३६, लुुम्बिनी १२९, गण्डकी ९५ वटा घटना घटेका छन् । यस्तै सुदूरपश्चिम प्रदेशमा ९३, बागमतीमा ८५ र कर्णालीमा ५७ वटा घटना भएका जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै