ट्रेन्डिङ

पर्सा प्रहरीद्वारा डिएसपीसहित २३ प्रहरी कर्मचारी सम्मानित, को–को भए पुरस्कृत ?

बीरगन्ज । ६९ औँ प्रहरी दिवसका अवसरमा पर्सा प्रहरीका २३ जना कर्मचारीहरु सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा २३ जना प्रहरी कर्मचारीहरुलाई सम्मानित गरिएको हो ।

सेवा प्रवाहमा उत्कृष्ट काम गरेका आज उत्कृष्ट प्रहरी अधिकारी तथा जवानहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले डिएसपीसहित प्रहरी अधिकारी तथा जवानहरुलाई नगदसहित कदरपत्र दिएर पुरस्कृत गरेका हुन् । उनीहरुलाई नगद राशी तथा कदर पत्रले सम्मानित गरिएको हो ।

सम्मानित हुने प्रहरी अधिकारी तथा जवानहरुमा एकजना डिएसपी, एक जना इन्स्पेक्टर, ३ प्रहरी बरिष्ठ नायब निरिक्षक, २ प्रहरी नायब निरिक्षक, ३ प्रहरी सहायक निरिक्षक, एक प्रहरी वरिष्ठ हवल्दार, चार प्रहरी हवल्दार र ८ जना प्रहरी सहायक हवल्दार गरी जम्मा २३ जना रहेका छन् ।

प्रहरीले प्रहरी नायब उपरिक्षक सुवास भट्टसहित, प्रहरी निरीक्षक रोशन थापा, प्रहरी वरिष्ठ नायब निरीक्षकतर्फ रमेश बजगाइँ, योगेन्द्र थापा, मेग्जन कुमार लामालाई सम्मान गरेको हो ।

यसैगरी प्रहरी नायब निरिक्षकहरु जिवन कुमार सुनारी, तेज प्रताप सिंह, प्रहरी सहायक निरिक्षक मुना साह, कृष्ण बहादुर सिंह ठकुरी र धर्मराज उप्रेतीलाई सम्मान गरिएको छ ।

यस्तै प्रहरी बरिष्ठ हवल्दार शशिराम क्षेत्री, प्रहरी हवल्दारहरु भिम प्रसाद रिजाल, उमेश गिरी, अजित कुमार सिंह, मनिष कुमार सिंह पुरस्कृत भएका छन् ।

प्रहरी सहायक हवल्दारहरुमा पुरुषोत्तम प्रसाद सिंह, दिनेश राय यादव, सुभास चन्द्र, शिवशंकर प्रसाद यादव, सुमन बहादुर विश्वकर्मा, हेम राज चौधरी, राम विश्वास ठाकुर र सलोन बस्नेत लगायतका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै